छिमेकीको हत्या आरोपमा तेजबहादुर पक्राउ
बैतडी | मंसिर २७, २०८०
बैतडी: जिल्ला प्रहरी कार्यालय बैतडीले छिमेकीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्नया गाउँपालिका–३ बिजुलका २९ वर्षीय तेज बहादुर चन्द रहेका छन् ।
प्रहरीका अनुसार उनले हिजो (मंगलबार) दिउँसो सोही ठाउँकै ५६ वर्षीया हरिना बिष्टलाई फलामको रडले टाउकोमा प्रहार गरेका थिए ।
त्यसपछि बिष्टको घटनास्थलमानै मृत्यु भएको थियो ।
उक्त सूचना प्रहरीलाई पुगेपछि जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

