निशुल्क जापनिज भाषा कक्षा सञ्चालन हुँदै

पाेखरा | मंसिर २५, २०८०

निशुल्क जापनिज भाषा कक्षा सञ्चालन हुँदै

पोखरा:   नेपाल–जापान मैत्री संघले पोखरामा पुषको पहिलो साताबाट निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्ने भएको छ । 


पोखरामा नेपाल–जापान मैत्री संघले जापनिज भाषा तथा संस्कृति सिक्ने इच्छुक विद्यार्थी तथा व्यवसायीहरुलाई मध्यनजर गर्दै निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको हो । 


पोखरा महानगरपालिका–९ पृथ्वीचोक (पोखरा मल)मा कार्यालय रहेको नेपाल–जापान मैत्री संघले (एन फाइभ) निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको संघले जनाएको छ ।


नेपाल–जापान मैत्री संघले विशेष गरी विद्यार्थी भिषा तथा रोजगारीमा जापान जाने र नेपालमा व्यवसाय गर्नेहरुको लागि जापनिज भाषा कक्षा सम्बन्धी छात्रवृत्ति प्रदान गर्न लागेको हो । जापनिज भाषा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा व्यक्तिले संघको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । 


नेपाल र जापानको भाषा, कलासंस्कृति आदानप्रदानसँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको संघले पोखरामा पहिलो पटक निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको बताइएको छ । संघले थप जानकारीका लागि ०६१५८८८६० मा सम्पर्क गर्न सकिने जनाएको छ ।
 

पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ ।  व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरु...

थप पढ्नुहोस्

पोखरा:  प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...

थप पढ्नुहोस्