पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
पाेखरा | मंसिर २४, २०८०
पोखरा: पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२६ सुन्दरीबजार स्थित पृथ्वीराजमार्ग पोखराबाट तालचोकतर्फ आउँदै गरेको BAA 0041 नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।
कारले स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका पोखरा महानगरपालिका–२५ बस्ने २३ वर्षीय अनिशा खड्का र पोखरा महानगर–२५ बस्ने २४ वर्षीय भावना बरालको उपचारको क्रममा चरक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

