तामाङको उपचारका लागि तमु धिं नेपालको १ लाख सहयोग
पाेखरा | मंसिर २०, २०८०

पोखरा: तमु धिं नेपालले बोन म्यारोको उपचारत २५ वर्षिय इसाक तामाङलाई १ लाख रुपैया सहयोग गरेको छ ।
धादिङबाट पोखरा आई पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा बस्दै आउनुभएका तामाङ एक वर्ष अघिदेखि बोन म्यारोको उपचारको क्रममा आर्थिक अभावले उपचारमा समस्याका कारण तमु धिं नेपालका स्थापित “मे.जयबहादुर गुरुङ, उदय चन्द्र, रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोष”को व्याजबाट उपचारका लागि सहयोग गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा आयोजित कार्यक्रममा कोषका संस्थापक समाजसेवी रुपकुमारी गुरुङ, लक्ष्मी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले विरामी इसाक तामाङलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि १ लाख रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो ।
कोष संस्थापक समाजसेवी मेजरनी रुपकुमारी गुरुङले उपचार रकम हस्तान्तरण गर्नुहुदै शिघ्र स्वास्थ्यलाभको शुभआशिष व्यक्त गर्नुभएको थियो ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले अक्षयकोष स्थापना, अक्षयकोषको उद्धेश्यका बारेमा जानकारीका साथै सहयोगका लागि अवगत गराउनुहुदै युवा अवस्थाका विरामी इसाक तामाङलाई उच्च भावना बनाउन आग्रह गर्नुभयो। उहाँले उपचार सहयोगका लागि संयोजन गर्नुभएकोमा जनप्रतिनिधी वडा नं.१ का वडा सदस्य शोभा गुरुङलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कसेरी टोल विकासका अध्यक्ष तोरन लामाले आफ्नो बस्तीमा आएर विरामीको उपचारका लागि सहयोग गर्ने तमु धिं नेपाल र कोषदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।
वडा सदस्य शोभा गुरुङले उपचारका लागि सहयोगको हात फैलाईरहका इसाक तामाङलाई तमु धिं नेपालको सहयोग अत्यन्तै सह्रानीय भएको भन्दै तमु धिं नेपाललाई धन्यवाद र तामाङ शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङ, सहकोषाध्यक्ष सुवेदार तुलबहादुर गुरुङ, पोखरा महानगरपालिका वडा नं.१ का वडा सदस्य शोभा गुरुङ, सिमपानी तमु समाजका कार्यवाहक अध्यक्ष चेकबहादुर गुरुङ, नेपाल तामाङ घेदुङ इकाई समिति कसेरीका अध्यक्ष बीरबहादुर तामाङ, युवा क्लव, टोल विकास लगायत संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।
आर्थिक अवस्था कमजोरीका कारण उपचारमा समस्यामा परेका बिरामीहरुको उपचार सहयोगार्थ समाजसेवी मेजरनी रुपकुमारी गुरुङले तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको स्वास्थ्योपचार कोष स्थापना गरिदिनुभएको छ, उक्त कोषको व्याजबाट स्वास्थ्योपचारका लागि तमु धिं नेपालले सहयोग गर्दै आइरहेको छ ।
पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको...
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता वि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध स...