पाटन अस्पतालले स्तन क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
काठमाडाैं | मंसिर १९, २०८०

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ ।
पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा।अरुण शाहीले प्रतिष्ठानले स्तन क्यान्सरविरुद्धको मेटास्टेटि( ९चौथो स्टेज)को हार्मोन पोजेटिभ भएका बिरामीलाई राइबोसिक्लिब लेट्रोजोल भन्ने ट्याब्लेट स्तन क्यान्सरका बिरामीलाई निःशुल्क उपलब्ध गराउन थालेको जानकारी दिनुभयो ।
अस्पतालबाट अहिलेसम्म चार जनाले सेवा लिइसकेका छन् । डा.शाहीका अनुसार यी औषधिहरू मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै प्रभावकारी छन् । युएसएफडीए मान्यता प्राप्त यो औषधि युरोप अमेरिकामा पहिलो रोजाइमा पर्दछ ।
किमो थेरापीको विकल्पमा स्तन क्यान्सर भएकालाई यो औषधि दिइने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो औषधि क्यान्सर उपचारका प्रयोग हुने किमोथेरापीको विकल्पमा आएको एक किसिमको टार्गेटेड थेरापी हो । यो औषधि किमोको तुलनामा बढी प्रभावकारी भएको अध्ययनहरूले पुष्टि गरेको छ ।”
डा।शाहीका अनुसार यो औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्छ । उहाँले भन्नुभयो, “यो औषधि महिनाको २१ दिन प्रयोग गर्नुपर्छ फेरि एक हप्ता छोड्ने र फेरि अर्को महिना २१ दिन सेवन गर्ने गर्नुपर्छ ।”
पाटन अस्पतालले म्याक्स फाउन्डेशनको सहयोगमा यस अघि पनि फोक्सोको केही प्रकारको क्यान्सर, रगतको क्यान्सर, पेटको एक किसिमको क्यान्सर र मिर्गौला लगायतको क्यान्सरबाट गम्भीर अवस्थामा पुगेकाहरूका लागि ‘टार्गेटेड थेरापी’ अन्तर्गत विश्वस्तरीय औषधि निःशुल्क उपलब्ध गराउर्दै आएको छ ।
पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ । व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरु...
पोखरा: प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...
पोखरा: पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...