राष्ट्रिय सभा सदस्य चुनावका लागि पुस २३ मा उम्मेदवारी दर्ता
काठमाडाैं | मंसिर १७, २०८०
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता हुने भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस २३ मा उम्मेदवारी दर्ताका लागि समय तोकिएको हो।
आयोगले पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको हो।
माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ।
पुस २० गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधको उजुरी दिनका लागि छुट्टाछुट्टै समय तोकिएको छ। मतदाता नामावली बिहान १० बजेदेखि ११ बजेभित्र प्रकाशन हुनेछ भने ११ बजेदेखि ४ बजेसम्म दाबी विरोधको उजुरी दिन समय तोकिएको छ।
पुस २१ र २२ गते निवेदन तथा उजुरीमाथि छानबिन र कारबाही गर्ने तथा अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

