८ लाख नगदसहित एकजना पक्राउ

काठमाडाैं | मंसिर १७, २०८०

८ लाख नगदसहित एकजना पक्राउ

सशस्त्र प्रहरीले सिरहास्थित नेपाल-भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ८ लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

 

सिरहाको बरियापट्टी गाउँपालिका-२ श्रीपुरका ४२ वर्षीय महोमद फिरोजलाई शनिबार बरियापट्टीकै वडा नम्बर ३ चमारटोलबाट ८ लाख रूपैयाँसहित पक्राउ गरेको हो।

 

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार भारतबाट साइकलमा आउँदै गरेका उनलाई गस्तीमा खटिएको सिमा सुरक्षा बलको टोलीले चेकजाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको थियो।

 

फिरोजले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने स्रोत खुलाउन नसेकपछि उनलाई नियन्त्रणमा लिएको प्रवक्ता थापाले जानकारी दिएका छन्।  


नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाएको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्