बेगनासतालमा मोटरबोट बन्द गर्न महानगरको निर्देशन
पाेखरा | मंसिर १६, २०८०
Photo: Sanjeev Ghimire
पोखरा: पोखराको पर्यटकीय स्थल बेगनासतालमा केही महिना अगाडि सञ्चालनमा आएको मोटरबोट पोखरा महानगरपालिकाले बन्द गर्ने निर्देशन दिएको छ ।
पोखरा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले शुक्रबार पत्र लेख्दै बेगनासतालमा सञ्चालनमा आएको मोटरबोट बन्द गर्न निर्देशन दिएका हुन् ।
पत्रमा भनिएको छ, ‘पोखरा महानगरपालिका–३१ स्थित बेगानातालमा समितिबाट मोटरबोट सञ्चालन गर्दा अन्य ढुङ्गा व्यवसायमा असर पु¥याएको, माछा लगायतका चलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको, ढुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातिको पेशामा प्रभाव पारेको, ध्वनी प्रदुषण भएको तथा विना अनुमति मोटरवोट सञ्चालन गरेको भनी वेगनासताल मत्स्य व्यवसायी समिति र अन्य सरोकारवाल वासिन्दाहरुबाट पटकपटक गुनासो आएकोले वेगनासतालमा मोटरवोट सञ्चालनमा कार्य शिघ्र बन्द गर्नु गराउनुहुन जानकारी गराइन्छ । अन्यथा प्रचलित कानुन बमोजिम हुने व्यहोरा यसै पत्रबाट जानकारी गराइन्छ ।’
बेगनासतालमा मोटरबोट बन्द भएको÷नभएको अनुगमन गरी जानकारी दिन पोखरा महानगरपालिका–३१ वडा कार्यालयलाई समेत निर्देशन दिएको छ ।
बेगनासतालमा करिव ६ महिना अगाडि बेगनासताल डुंगा व्यवसायी समितिले ५० लाखमा मोटरवोट खरीद गरेर सञ्चालनमा ल्याएका थिए ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

