बेगनासतालमा मोटरबोट बन्द गर्न महानगरको निर्देशन
पाेखरा | मंसिर १६, २०८०
Photo: Sanjeev Ghimire
पोखरा: पोखराको पर्यटकीय स्थल बेगनासतालमा केही महिना अगाडि सञ्चालनमा आएको मोटरबोट पोखरा महानगरपालिकाले बन्द गर्ने निर्देशन दिएको छ ।
पोखरा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले शुक्रबार पत्र लेख्दै बेगनासतालमा सञ्चालनमा आएको मोटरबोट बन्द गर्न निर्देशन दिएका हुन् ।
पत्रमा भनिएको छ, ‘पोखरा महानगरपालिका–३१ स्थित बेगानातालमा समितिबाट मोटरबोट सञ्चालन गर्दा अन्य ढुङ्गा व्यवसायमा असर पु¥याएको, माछा लगायतका चलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको, ढुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातिको पेशामा प्रभाव पारेको, ध्वनी प्रदुषण भएको तथा विना अनुमति मोटरवोट सञ्चालन गरेको भनी वेगनासताल मत्स्य व्यवसायी समिति र अन्य सरोकारवाल वासिन्दाहरुबाट पटकपटक गुनासो आएकोले वेगनासतालमा मोटरवोट सञ्चालनमा कार्य शिघ्र बन्द गर्नु गराउनुहुन जानकारी गराइन्छ । अन्यथा प्रचलित कानुन बमोजिम हुने व्यहोरा यसै पत्रबाट जानकारी गराइन्छ ।’
बेगनासतालमा मोटरबोट बन्द भएको÷नभएको अनुगमन गरी जानकारी दिन पोखरा महानगरपालिका–३१ वडा कार्यालयलाई समेत निर्देशन दिएको छ ।
बेगनासतालमा करिव ६ महिना अगाडि बेगनासताल डुंगा व्यवसायी समितिले ५० लाखमा मोटरवोट खरीद गरेर सञ्चालनमा ल्याएका थिए ।

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

