मधेश प्रदेशलाई केपी ओली कप टी-२० क्रिकेटको उपाधि
हरिशंकर सर्वोत्कृष्ट, रित र सन्दीप उत्कृष्ट
पाेखरा | मंसिर १५, २०८०

पोखरा: पोखरामा सम्पन्न भएको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी– त्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेको मधेश प्रदेशले ५ लाख पुरस्कार पायो भने, उपविजेता भएको त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो ।
मधेश प्रदेशले दिएको १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट बनाउँदै १ सय २४ मात्र बनाउन सक्यो । आर्मीका लागि विवेक यादव २५ र सोमपाल कामी १६रनमा अविजित रहे ।
आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।
बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।
यसअघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।
बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३–३, सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो ।
सेमिफाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । मधेशले कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । देश प्रदेश संरचनामा गएपछि मधेशले यसअघि कुनैपनि प्रतियोगिता फाइनल समेत खेल्न सकेको थिएन ।
हरिशंकर सर्वोत्कृष्ट, रित र सन्दीप उत्कृष्ट
मधेश प्रदेशका कप्तान हरिशंकर शाह केपी ओली कपमा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएका छन् । आर्मीलाई फाइनलमा ११ रनले हराउन सानदार अलराउन्ड प्रदर्शन गरेका हरिशंकर सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।ख सर्वोत्कृष्ट बापत उनले ३५ हजार प्राप्त गरे ।
बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने प्रतियोगिता उत्कृष्ट बलर चुनिए । सन्दीपले ३ खेलमा १० विकेट लिएका थिए । उता रित गौतम प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । रितले तीन खेलमा २ अर्धशतकसहित कुल १ सय ७० रन बनाएका थिए । रित र सन्दीप दुबैले समान २० हजार रुपैयाँ प्राप्त गरे ।
काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि ...
पोखरा: गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ । ...
दाङ: दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ । बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...