हजुरबुवाको हत्या गरेको आरोपमा नाति पक्राउ
पर्सा | मंसिर ११, २०८०
पर्सामा हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ परेका छन्।
ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन्। खड्का लक्ष्मणको छोरीपट्टीको नाति हुन्। उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।
आँगनमा कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले कृष्णसँग लठ्ठी मागेका थिए। सोही क्रममा कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मण उपचारको क्रममा स्वास्थ्य चौकी ठोरीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
हजुरबुबाको मृत्युपश्चात नाति भागेका थिए। उनलाई नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

