कोरला नाकाबाट उठ्यो सातामै पौने २ लाख राजस्व
मुस्ताङ | मंसिर ११, २०८०
मुस्ताङ: उपल्लो मुस्ताङको न्हेछुङमा रहेको भन्सार कार्यालयबाट १ सातामै करिब १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
करिब ४ वर्षपछि खुलेको कोरला नाकाबाट घरायसी समाग्री खरिदगर्न चीन प्रवेश गर्नेको सँख्या बढेसँगै राजस्व संकलनमासमेत वृद्धि भएको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार हालसम्म कात्तिक २७ गते यता करिब १ हजार २ सय जना चीन प्रवेश गरेका छन् ।
कोरला नाका खुलेपनि चीन प्रवेशका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई मात्रै खुला गरिएको थियो ।
प्रवेश अनुमति पत्र भएकाहरु मात्रै चीन प्रवेश गर्न पाउने प्रावधार रहेको छ । यद्यपी उल्लेखित गाउँपालिका बाहेकका नागरिकलाई भने प्रवेश निषेध छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

