झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडाैं | मंसिर ११, २०८०

झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

झापा:  झापामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

 

सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका- ४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो। 

 

डिएसपी रिजालका अनुसार आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेका हुन्। मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ। घटनापछि आशिष भागेका थिए। उनलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले कमल-४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको हो।

 

थप अनुसन्धानका लागि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेको छ। 

तनहुँ:  तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चाल...

थप पढ्नुहोस्

पोखरा:   पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ ।  दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो ...

थप पढ्नुहोस्

पोखरा:   पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन ।  सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वित...

थप पढ्नुहोस्