अंग्रेजी नयाँवर्षको स्वागत गर्न पोखरामा २५ औं सडक महोत्सव
पाेखरा | मंसिर १०, २०८०

पोखरा: पोखराको लेकसाइडमा रेष्टुरेन्ट बार एशोसिएशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना गर्दै आएको २५ औं पोखरा सडक महोत्सव आगामी पुस १२ देखि १६ गतेसम्म सञ्चालन गर्ने भएको छ ।
रेवानले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ हरेक वर्ष आयोजना गर्दै सडक महोत्सवलाई यस वर्ष रजत महोत्सवको आयोजना गर्ने तयारी थालिएको रेबानका प्रथम उपाध्यक्ष तथा महोत्सवका संयोजक विश्वराज पौडेलले बताए ।
उनका अनुसार २५ औं संस्करणको पोखरा सडक महोत्सव आगामी पुष १२ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
‘लेकसाइडलाई आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्गेजी नयाँ वर्षको गन्तव्य स्थलको रुप प्रवद्र्धन गर्न पुस १२ देखि १६ गतेसम्म २५ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गर्दै छौं’, संयोजक पौडेलले भने, ‘पोखराको लेकसाइड क्षेत्रमा करिव ३ किलोमिटर क्षेत्रमा महोत्सव गर्दै छौं ।’
उनका अनुसार पोखरा सडक महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, ठट अफ वार, भलिबल प्रतियोगिता, मःम ससेज खाने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
यस्तै महोत्सवको अवसरमा सचेतना मुलक सडक नाटक, पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला प्रदर्शन, चित्रकला, मुर्तिकला तथा कृषि , वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था, पोखराको पर्यटन विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो लगायतका कार्यक्रम आयोजना गरेको उनले बताए ।
रेष्टुरेन्ट बार एशोसिएशन (रेवान) पोखराले लेकसाइडको मात्र नभएर समग्र पोखराका पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यले २५ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गरेको बताइएको छ ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...