मानव सेवा आश्रममा एभरेस्ट एफएम कक्षका लागि थप १ लाख प्रदान

काठमाडाैं | मंसिर १०, २०८०

मानव सेवा आश्रममा एभरेस्ट एफएम कक्षका लागि थप १ लाख प्रदान

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको तेश्रो वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् ।

 

अघिल्लो वर्ष एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो । सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो वार्षिकोत्सवको अवसरमा अघिल्लो वर्ष पहिलो किस्ता स्वरुप १ लाख एक रुपैयाँ नै प्रदान गरेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको दोश्रो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,उनले भने,‘अघिल्लो वर्ष पहिलो किस्ता बुझाएका थियौं । यो दोश्रो किस्ता हो भने बाँकी आगामी तीन वर्ष निरन्तर प्रदान गर्छौं ।’ उनले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै वार्षिकोत्सवको सन्दर्भ पारेर शनिबार रक्तदान कार्यक्रम गर्दा १८८ युनिट रगत संकलन भएकोपनि जानकारी दिए ।

 

कार्यक्रममा बोल्दै एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेको बताईन् । ‘सोहि उद्देश्य अनुसार नै हामीले एभरेस्ट कक्ष निर्माण गरेका हौं’–उनले भनिन् ।

 

यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।​यसैबीच, एफएमले तेश्रो वार्षिकोत्सवको अवसरमा आश्रममा आश्रित बुबाहरुलाई विहानको खानापनि खुवाएको छ । आश्रममै पकाएर आश्रित १०७ जना बुबाहरुलाई खाना खुवाएको र त्यसमा लागेको खर्च एफएमले ब्यहोरेको सम्पादक श्रेष्ठले जानकारी दिए ।

 

एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’ शशी

 

यसैबीच, एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’बाट समाचार वाचक शशी पौडेल पुरस्कृत भएका छन् । एफएमले वर्षभरी काम गरेको आधारमा छनौट गर्ने स्टाफ अफ दी ईयरबाट पौडेल पुरस्कृत भएका हुन् । एफएमको तेश्रो वार्षिकोत्सवको अवसरमा पुरस्कृत पौडेललाई नगद १५ हजार ६ सय ७५ रुपैयाँसहित दोषल्ला, माला र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु हरि शर्मा गैह्रे, कृष्णप्रसाद न्यौपाने, विमलमान गुभाजु, भोलाकुमार श्रेष्ठलगायतले सम्मान गरेका थिए ।

झापा: कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्य...

थप पढ्नुहोस्

डोटी: डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।       ...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहनुभएकी एनी कुँवरलाई पक्राउ गरेको छ ।       यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको...

थप पढ्नुहोस्