चाउथे: खाजा घरमा जुवा खेलिरहेका ८ जुवाडे एक लाख बढी नगदसहित प्रकाउ

पाेखरा | मंसिर ९, २०८०

चाउथे: खाजा घरमा जुवा खेलिरहेका ८ जुवाडे एक लाख बढी नगदसहित प्रकाउ

पोखरा:    पोखरा महानगरपालिका–१४ चाउथे स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेट अगाडि रहेको प्रज्वल प्रतिक खाजा घरमा जुवा खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ । 


पोखरा अन्तर्राष्ट्रिय विमानस्थन गेट अगाडी प्रेम बहादुर कार्कीले सञ्चालन गरेको प्रज्वल प्रतिक खाजाघरमा जुवातास खेलिरहेका ८ जना जुवाडेलाई ५२ पत्ति तास,एक लाख ५ हजार ५ सय ६० रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । 


प्रकाउ पर्नेमा खाँजा घरका सञ्चालक ४५ वर्षीय प्रेमबहादुर कार्की, ललितपुर स्थायी घर भई पोखरा महानगर १४ चाउथे बस्ने २९ वर्षीय उत्तम बयलकोटी, तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी घर भई पोखरा महानगर १४ चाउथे बस्ने ३४ वर्षीय महेन्द्रबहादुर भुजेल र पोखरा महानगर २२ पुम्दी–भुम्दी बस्ने ३५ वर्षीय तेजराज बराल रहेका छन् । 


यस्तै प्रकाउ पर्नेमा मोरङ बेलबारी नगरपालिका घर भई पोखरा महानगर १४ चाउथे बस्ने ३३ वर्षीय अर्जुन पौडेल, सप्तरीको कञ्चनपुर नगरपालिका घर भई पोखरा महानर १४ बस्ने ३५ वर्षीय राकेश चौधरी, पोखरा महानगर ४ सिद्धार्थ चोक बस्ने ५२ वर्षीय कमलराज लामिछाने र चितवनको भरतपुर नगरपालिका स्थायी घर भई पोखरा महानगर १४ बस्ने ५२ वर्षीय एकबहादुर गुुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रकाउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा र नैतिकलताको विरुद्ध कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्