पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधसहित विदेशी नागरिक प्रकाउ

पाेखरा | मंसिर ९, २०८०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधसहित विदेशी नागरिक प्रकाउ

पोखरा:  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट विदेशी नागरिक लागूऔषधसहित प्रकाउ परेका छन् । 


विमानस्थलको प्रस्थान कक्षमा अवैध लागूऔषध बोकेर विदेशी नागरिक हिडेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा नर्वेका ५३ वर्षीय रुने फ्लठालाई प्रकाउ गरेको हो । 


प्रहरीले प्रकाउ गरेको विदेशी नागरिक रुनेको साथबाट पोल्यान जस्तो देखिने १० ग्राम र लागूऔषध गाँजाको धुलो जस्तो ३५ ग्राम लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रकाउ परेका रुनेलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्