१२ औं पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ
पाेखरा | मंसिर ६, २०८०
पोखरा: युनाइटेड क्लबको आयोजनामा हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । आगामी पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने भएको हो ।
बुधवार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ बीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले युनाइटेड क्लब आफैमा प्रतिष्ठित क्लब रहेको र युनाइटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको उजागर गर्ने गरी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गर्दै आएकोमा १२ औं संस्करणको पोखरा महोत्सवमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाइटेडले चालेको हरेक कदममा आफुहरुको साथ र सहयोग रहने गुरुङको भनाइ रहेको थियो ।
त्यस्तै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक काम संगै महोत्सवमा आयोजना गरिने विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको माध्यामबाट विद्यार्थीहरुलाई लोक संस्कृतिको बारेमा समेत जानकारी गराउने कार्य गर्दै आइरहदा गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवदेखीनै गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्दै आइरहदा १२ औं संस्करणबाट महोत्सवमा आयोजना गरिने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी सहित गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
सम्झौता अनुसार १२ औं पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्ने, पोखरा महोत्सवमा सामुहिक लोक नृत्यलाई हरेक वर्ष सञ्चालन गर्ने, प्रतियोगितामा निर्णायकको निर्णय गर्दा दुवै पक्षको सहमतिमा गर्ने र सम्झौता २०८५ चैत्र मसान्त सम्म हुने उल्लेख छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

