हिमालय रोडिज सिजन पाँच:  उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने

काठमाडाैं | मंसिर ५, २०८०

हिमालय रोडिज सिजन पाँच:  उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने

काठमाडौं:   हिमालय रोडिज सिजन–५ को उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने भएका छन् । सोमबार प्रसारण भएको सेमिफाइनल प्रतिस्पर्धाबाट सन्देश राई र एसु खड्का बाहिरिए ।


रोचक कुरा के छ भने, दुबै फाइनलिस्टले टीम ग्रीन अर्थात आशिष राना ‘लाउरे’को ग्याङको प्रतिनिधित्व गर्छन् । एउटै ग्याङका दुई सदस्य फाइनलमा भिड्न लागेको यो हिमालय रोडिजमा पहिलोपटक हो ।


अनुपविक्रम शाही र दीया मास्केको ग्याङबाट एक÷एकजना सदस्य सेमिफाइनलमा भिडेका थिए । तर, प्रियंका कार्कीको ग्याङबाट कुनै एक पनि सेमिफाइनलमा पुग्न सकेनन् ।


सेमिफाइनल प्रतिस्पर्धामा चारै प्रतिस्पर्धीले कठिन टास्क पुरा गरेका थिए । होस्ट सुरजसिंह ठकुरीले फाइनलिस्टको नाम घोषणा गर्दा टीम ग्रीनको उत्साह थामिएन । अब सन्जिप र विश्वले आउने सोमबार बेलुका ८ बजे प्रसारण हुने सिजन पाँचको फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।


साउन १५ गतेदेखि सुरु भएको पाँचौ सिजनमा २० प्रतिस्पर्धी सहभागि थिए ।

पोखरा:  प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भ...

थप पढ्नुहोस्