त्रिभुवन विमानस्थलबाट कोकिनसहित भारतीय महिला पक्राउ

काठमाडाैं | मंसिर ५, २०८०

त्रिभुवन विमानस्थलबाट कोकिनसहित भारतीय महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित एकजना भारतीय महिलालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा ३२ वर्षकी भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो ।

 

पक्राउ परेकी महिला इथियोपियाबाट कतारको दोहा हुँदै काठमाण्डौ विमानस्थलमा ओर्लिएकी र काठमाण्डौबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेकी महिलाको साथबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले बताउनुभयो ।

पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ ।  व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरु...

थप पढ्नुहोस्

पोखरा:  प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...

थप पढ्नुहोस्