लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण

पाेखरा | कात्तिक २७, २०८०

लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण

पोखरा:   लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले तनहुँको घिरिङका गीता श्रेष्ठको घर निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेको छ । घिरिङ गाउँपालिका वडा नम्बर ३ अर्चलकोट का गीता श्रेष्ठको घरको छानो जीर्ण बन्दै गएपछि लायन्स क्लब युनाइटेड चौतारीले घरको छानो पुननिर्माणका लागि जस्तापाता हस्तान्तरण गरेको हो ।


सो अवसरमा बोल्दै प्रमुख अतिथी जोन चियर पर्सन लायन जयराम आचार्यले लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले सामाजिक काम अन्तर्गत तनहुको घिरिङ गाउँपालिका अर्चलबोट स्थित गीता श्रेष्ठको घरको छानो निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेकोमा धन्यवाद ब्यक्त गरे । लायन्स क्लबहरुले गर्ने सानो सहयोगले कोही कसैलाई टेवा पुग्ने वताउदै आचार्यले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।


त्यस्तै घरधनी गीता श्रेष्ठले लायन्यस क्लब अफ पोखरा युनाइटेड चौतारीको सहयोगले आफ्नो घरको छानो निर्माण गरिदिएकोमा धन्यवाद ब्यक्त गरे । ढुंगाको छानो रहेको आफ्नो घरको छानो जीर्ण अवस्थामा रहेकोमा लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीको सहयोगमा जस्तापाता हस्तान्तरण गरेर आफुलाई ठूलो गुण लगाएको श्रेष्ठको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष लायन एक नारायण गौतमले युनाइटेड चौतारीले सामाजिक कार्य अन्तर्गत यसपटक जस्तापाता हस्तान्तरण गरिएको वताए । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।


क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक जीएसटी कोअडिनेटर लायन राजु श्रेष्ठको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा डिष्ट्रिक को चिफ लायन सुक बहादुर गुरुङ, घिरिङ गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका जुनमाया थापा, क्लबका प्रथम उपाध्यक्ष लायन शुसिल बहादुर थापा, सचिव लायन इश्वर शर्मा, सह कोषाध्यक्ष लायन सूर्य उप्रेती, लायन गणेश बहादुर खड्का, सर्भिस चियरपर्सन लायन सिद्धिकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

 

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्