लक्ष्मीपूजा गर्दा भएको आगलागीबाट प्रहरीसहित २० जना घाइते
मोरङ | कात्तिक २७, २०८०
मोरङ: मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये चार जना प्रहरीहरू पनि छन् ।
राती १० बजेतिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।
लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनfलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ ।
सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ ।
घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने मोरङ प्रहरीले जनाएको छ । आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

