परमिट नलिई उपल्लो मुस्ताङ पुगेका ६ भारतीय पर्यटक प्रहरी नियन्त्रणमा

कारवाही गर्न अध्यागमन पठाइदै

मुस्ताङ | कात्तिक २२, २०८०

परमिट नलिई उपल्लो मुस्ताङ पुगेका ६ भारतीय पर्यटक प्रहरी नियन्त्रणमा

पोखरा: उपल्लो मुस्ताङबाट ६  जना भारतीय पर्यटकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय पर्यटकलाई मंगलबार चेकजाँचको क्रममा अध्यागमन विभागबाट भ्रमण अनुमति नलिई पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

लोमान्थाङ गाउँपालिका ४ नेचुङस्थित बिओपी (बोर्डर आउट पोष्ट) का सशस्त्र प्रहरी सहायक हवल्दार अजय लामाको कमाण्डको ६ जना र इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक हवल्दार धुर्व रोकासहितको संयुक्त टोलीले चेकप्वाइटमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर क्षेत्रीले जानकारी दिए । \

 

उनका अनुसार लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य पर्यटकलाई जान निषेश गरिएको छ । 

 

‘लोमान्थाङ भन्दा माथि जान नेपाली बाहेक अरु पाउदैनन् । देख्दा नेपाली जस्तै गुरुङ थर भएका उनीहरुले अनुमति नै नलिएर आएको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय छोसेर पठाएका हौं, उनले भने ।
 

इन्सपेक्टर क्षेत्रीले नेपाली मुलका जस्तै देखिने भएकाले अनुमति पत्र विना घुम्न निस्केको बताए ।

 

‘नेपाली प्रष्ट बोल्ने र मान्छेपनि नेपाली जस्तै थर पनि गुरुङ रहेछ । उनीहरुलाई हेरेर मात्रै भारतीय भनेर पहिचान गर्न सकिन्थेन, उनले सुनगाभा न्यूजसँग भने, ‘त्यही भएर उनीहरु त्यसरी नै मुस्ताङ भित्रिएका रहेछन् । पछि केरकार गर्ने क्रममा भारतीय भन्ने पुष्टि भयो । त्यसपछि प्रहरीलाई जिम्मा लगायौ ।’

 

इन्सपेक्टर क्षेत्रीका अनुसार ति ६ जना भारतीय पर्यटक ध १ ज २७० नम्बरको ट्याक्सी र ग १४ प ५७३७ नम्बरको मोटरसाइकलमा उपल्लो मुस्ताङ पुगेका थिए । 

 

नियन्त्रणमा रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय छोसेरले पर्यटक प्रहरी कार्यालय पोखरामा पठाएको थियो ।

 

अहिले उनीहरुलाई थप कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाउने तयारी भइरहेको पर्यटक प्रहरी कार्यालय पोखराले जनाएको छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्