परमिट नलिई उपल्लो मुस्ताङ पुगेका ६ भारतीय पर्यटक प्रहरी नियन्त्रणमा

कारवाही गर्न अध्यागमन पठाइदै

मुस्ताङ | कात्तिक २२, २०८०

परमिट नलिई उपल्लो मुस्ताङ पुगेका ६ भारतीय पर्यटक प्रहरी नियन्त्रणमा

पोखरा: उपल्लो मुस्ताङबाट ६  जना भारतीय पर्यटकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय पर्यटकलाई मंगलबार चेकजाँचको क्रममा अध्यागमन विभागबाट भ्रमण अनुमति नलिई पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

लोमान्थाङ गाउँपालिका ४ नेचुङस्थित बिओपी (बोर्डर आउट पोष्ट) का सशस्त्र प्रहरी सहायक हवल्दार अजय लामाको कमाण्डको ६ जना र इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक हवल्दार धुर्व रोकासहितको संयुक्त टोलीले चेकप्वाइटमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर क्षेत्रीले जानकारी दिए । \

 

उनका अनुसार लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य पर्यटकलाई जान निषेश गरिएको छ । 

 

‘लोमान्थाङ भन्दा माथि जान नेपाली बाहेक अरु पाउदैनन् । देख्दा नेपाली जस्तै गुरुङ थर भएका उनीहरुले अनुमति नै नलिएर आएको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय छोसेर पठाएका हौं, उनले भने ।
 

इन्सपेक्टर क्षेत्रीले नेपाली मुलका जस्तै देखिने भएकाले अनुमति पत्र विना घुम्न निस्केको बताए ।

 

‘नेपाली प्रष्ट बोल्ने र मान्छेपनि नेपाली जस्तै थर पनि गुरुङ रहेछ । उनीहरुलाई हेरेर मात्रै भारतीय भनेर पहिचान गर्न सकिन्थेन, उनले सुनगाभा न्यूजसँग भने, ‘त्यही भएर उनीहरु त्यसरी नै मुस्ताङ भित्रिएका रहेछन् । पछि केरकार गर्ने क्रममा भारतीय भन्ने पुष्टि भयो । त्यसपछि प्रहरीलाई जिम्मा लगायौ ।’

 

इन्सपेक्टर क्षेत्रीका अनुसार ति ६ जना भारतीय पर्यटक ध १ ज २७० नम्बरको ट्याक्सी र ग १४ प ५७३७ नम्बरको मोटरसाइकलमा उपल्लो मुस्ताङ पुगेका थिए । 

 

नियन्त्रणमा रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय छोसेरले पर्यटक प्रहरी कार्यालय पोखरामा पठाएको थियो ।

 

अहिले उनीहरुलाई थप कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाउने तयारी भइरहेको पर्यटक प्रहरी कार्यालय पोखराले जनाएको छ । 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्