कांग्रेस गण्डकीका सांसदले १५ दिनको तलव भूकम्प पीडितलाई सहयोग गर्ने
पाेखरा | कात्तिक २१, २०८०
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलको बैठकले प्रदेश सांसदहरुको १५ दिनको तलव भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ ।
पोखरामा आज (मंगलबार) बसेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारीको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुको १५ दिनको तलव भूकम्प पीडित राहत कोषमा पठाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तीमा भूकम्प पीडित राहत कोषमा प्रदेश सांसदको १५ दिनको तलव सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै नेकपा एमालेका गण्डकी प्रदेश सांसदहरुले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने बताएका छन् ।
कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो क्षति भएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

