जुवा खालबाट पक्राउ परेका कलाकारसहित ९ जना धरौटीमा छुटे
काठमाडाैं | कात्तिक १६, २०८०
जुवा खेलेको आरोपमा पक्राउ परेका कलाकार तथा गायकसहित ९ जना धरौटीमा छुटेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ९ जनालाई जनही १५ हजार धरौटीमा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। गत शनिबार प्रहरी वृत्त सिंहदरबारले काठमाडौं महानगरपालिका(२९ मैतिदेवीमा रहेको नृत्य सिकाउने ठाउँ डान्स फिभरु बाट ९ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा एक जना भोजपुर घर भएका डान्स फिभरका सञ्चालक ४५ वर्षीय गजित भन्ने गणेश विष्ट थिए। उनले ुमायाज बारु नामक फिल्ममा काम गरिसकेका छन्।
उनका भाइ नरेन्द्र विष्ट (गम्भीर) पनि पक्राउ परेका थिए। पेसाले कोरियोग्राफर उनले उध्रेको चोलीु गीतको कोरियोग्राफी गरेका थिए। त्यस्तै अन्य थुप्रै म्युजिक भिडिओहरूमा समेत उनले कोरियोग्राफी गरेका छन्।
गायक चक्र बम, इकुु पात्रका रूपमा चर्चित कलाकार सुलेमान शंकर, रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले एक लाख ९० हजार ९२० रूपैयाँ बरामद गरेको थियो।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

