क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी आहृवान

काठमाडाैं | कात्तिक १५, २०८०

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी आहृवान

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी आहृवान गरेको छ ।

 

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आहृवान गरेको हो ।


उनी राजदूतका लागि उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ ।

 

समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिबारे सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको थियो ।


उनले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन एवं प्रशारण गर्न समिति सचिवलाई निर्देशन दिए ।

जनकपुरधाम:     राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुलुकका विभिन्न जातजातिको भाषा, संस्कृति तथा सभ्यताको संरक्षण तथा प्रवर्धनका लागि सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताउनु...

थप पढ्नुहोस्

रामेछाप:    रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष, २ महिला र १ बालक रहेका छन् ।   काठमाडौंबाट बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप आज दिउ...

थप पढ्नुहोस्

महोत्तरी:    सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्...

थप पढ्नुहोस्