कमलको गोलमा आयोजक ‘हेमजा गोल्डकप’को उपाधि नजिक

कास्की | असार ८, २०७९

कमलको गोलमा आयोजक ‘हेमजा गोल्डकप’को उपाधि नजिक

पोखरा:  पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई पराजित गर्दैं आयोजक हेम्जा युनाइटेडउपाधि नजिक पुगेकाे छ । 

 

पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा आज (बुधबार) भएको सेमिफाइनल खेलमा खुमलटारलाई २–० गोलको अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो ।
 

 

हेम्जाको जीतमा गोल कमल थापा मगरले २ गोलको योगदान दिदैं म्यान अफ द म्याचबाट पुरस्कृत भए

 

उनले खेलको ५३ औं मिनेटमा आफ्नो टिमका लागि थापामगरले पहिलो गोल गर्दै अग्रता दिलाए ।  त्यसैगरि उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।  जुन गोल निर्णायक बन्दै आयोजकलाई उपाधि नजिक पुर्यायो ।
हेमजाका प्रशिक्षक शौरभजंग कार्कीले आफुहरु योजना अनुरुप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । 

 

उनले खुमलटारको कम्जोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफल भएको बताए । 

 

यता खुमलटारका म्यानेजर अञ्जन रानाले आफुहरुले रक्षात्मक तरिकाको खेल खेल खेल्दा स्ट्राइक लाइनमा निकै समयस्या आएको धारणा राखे ।

 

उ​नले स्ट्राइक लाइनमा कम्जोरी हुदाँ गोल गर्न नसकेको प्रतिक्रिया दिएका थिए । 
प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च व्याइजबीच फाइनल प्रवेशका लागि अन्तिम सेमिफाइनल खेल ९ गते हुने आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा एपिएफ क्लब, चर्च व्याइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेडगरि कुल ८ टिमको सहभागिता रहेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्