२३ वर्षे तन्नेरी ‘तिजोरी': वार्षिकोत्सवमा रक्तदान

कास्की | असार ८, २०७९

२३ वर्षे तन्नेरी ‘तिजोरी': वार्षिकोत्सवमा रक्तदान

पोखरा:   तिजोरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा महानगरपालिका १७  विरौटामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ युनिट संकलन भएको छ ।  संस्थाको २३ औ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट संकलन भएको हो । 

 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुुर बुढामगर (सागर) ले संस्थाका सल्लाहकार सुवास ढुंगानालाई ब्लडव्याग हस्तान्तरण गरेर रक्तदानको शुभारम्भ गरे ।

 

 

सो अवसरमा बोल्दै कृषि मन्त्री बुढामगरले गण्डकी प्रदेशले अस्पतालहरुमा रगत जन्य पदार्थहरु निशुल्क बनाउन नीति तथा कार्यक्रम निर्माण गरिसकेको बताए ।  ‘गण्डकी प्रदेशका महिलाहरुमा देखापर्ने जटिल खालका रोगको उपचारमा सहयोग गर्न प्रदेश सरकारले विशेष योजना निर्माण गरेको छ, मन्त्री बुढाले भने, ‘त्यसको अन्तिम चरणमा छौ । यथाशिघ्र कार्यान्यवनको पाटोमा लाग्छौं ।’

 

मन्त्री बुढामगरले देशमा सहकारीहरुले आफ्नो कार्यक्षेत्र विस्तारसँगै विभिन्न क्षेत्रमा लगानी गरेर आर्थिक समृद्धिमा सहयोग पुर्‍याउनुपर्ने धारणा राखेका थिए ।

 

यसैगरि कार्यक्रममा चेम्बर आफ कमर्श गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारले उक्त रक्तदानबाट रगतको अभावलाई पूर्ति गर्न केही टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले बेडमा छटपटाइरहेको बिरामीहरुको रगत अभावलाई रक्तदानबाट संकलित रगतले थप राहात पुग्ने बताए । ‘रगत कुनै पनि प्रविधिले बनाउन नमिल्ने भएकाले हामीमा खेर जाने रगतलाई रक्तदान गर्दा जो कसैलाई पनि थप सहयोग पुग्छ, उनले भने, ‘रक्तदान जिवनदान, जिवनदान महादान हो त्यसैले तपाईहरु उदाहरणीय पात्र हुनुहुन्छ ।’

 

संस्थाका सेयर सदस्यहरु, पढाधिकारीहरु, व्यवसायीहरु र सर्वसाधारणहरुको सहभागिता रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोग रहेको थियो ।

 

जनप्रतिनिधिदेखि कर्मचारीसम्म सम्मानित

 

वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा बजार प्रतिनिधि कल्पना रानाभाट , व्यवस्थापक सन्तोष विश्वकर्मा, उत्कृष्ट बचतकर्ता ओमकार प्रसाद शर्मा , उत्कृष्ट कर्जा जनार्दन शर्मा र जननिर्वाचित संस्थाका सल्लाहकार राधिका शाही योगीलाई सम्मान समेत गरिएको थियो । 

 

 

कार्यक्रममा संस्थाका सल्लाहकार सुभाष ढुङ्गाना, नेपाल बचत तथा ऋण संघका प्रतिनिधि यामकला सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 

तिजोरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माया विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मान बहादुुर विश्वकर्माको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने जमुना वर्षा शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्