झारफुक गर्ने भन्दै मसानघाटमा लगेर महिलालाई बलात्कार
काठमाडाैं | कात्तिक १२, २०८०
सांकेतिक तस्बिर
महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ। बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्याएर बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विष्णुदेव ठाकुरलाई पक्राउ गरेको हो।
गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए। भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए।
‘तन्त्रमन्त्र र पूजा गर्ने ठाउँमा श्रीमान् बस्न मिल्दैन भनेर झाँक्रीले भनेका रहेछन्। महिलामाथि बलात्कारको जाहेरी परेपछि झाँक्री ठाकुरलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले भने।
ठाकुरविरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

