फेवातालका डुंगाचालकको मापसे जाँच
काठमाडाैं | कात्तिक २, २०८०

पोखराको फेवातालका डुंगाचालकको बुधवार मापसे जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको र चाडपर्वको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो ।
पोखरा ६ लेक साइडको फेवातालमा समय समयमा डुंगा दुर्घटना हुँदा मानवीय क्षतिसमेत हुने गरेको छ । चाडपर्वको बेला भीडभाड बढेको र सम्भावित दुर्घटना रोक्ने डुंगा चालकको मापसे जाँच गरिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । ५० वटा डुङ्गाका चालकको जाँच गरिएकोमा कसैले मापसे गरेको नभेटिएको र लाइफ ज्याकेट नलगाउने तीन चालकलाई सचेत बनाइएको प्रवक्ता विकले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालय बैदामले अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामको सहकार्यमा मापसे जाँच गरेको हो । कास्की प्रहरीले चाडपर्वलाई लक्षित गरी सुरक्षा निगरानी बढाएको छ भने सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरेको छ ।
कास्की प्रहरीले पछिल्लो क्रममा ठुलो आवाज निकाल्ने स्वरूप परिवर्तन गरिएका मोटरसाइकललाई कारबाही गरिरहेको छ । पछिल्लो साता मात्र त्यस्ता एक सय आठ मोटरसाइकल कारबाहीमा परेका छन् ।
वीरगञ्ज: जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ...
कास्की: पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस ...
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका ...