आफ्नै श्रीमतीको हत्या आरोपमा पिटर पक्राउ
पाेखरा | कात्तिक १, २०८०

उदयपुर: आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राई रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको छ ।
पिटरले घरायसी विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...