दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गयो
दार्चुला | असोज २९, २०८०

दार्चुला: दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गएको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका–१ बाच्पालीकी जयमती महरको ढुङ्गाले लागेर आइतवार हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
हिजो दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट खसेको ढुङ्गा जयमतीको टाउको लागेर गम्भीर घाइते हुनुभएको थियो ।
घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
वीरगञ्ज: जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ...
कास्की: पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस ...
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका ...