इजरायलले भन्यो -गाजामा ६ हजार बम खसाल्यौँ
काठमाडाैं | असोज २६, २०८०
Mohammed Abed/AFP/Getty Images
एजेन्सी: इजरायलले गाजामा हालसम्म ६ हजार बम खसालेको जनाएको छ, जसको कुल वजन चार हजार टन रहेको छ ।
इजरायलले विगत छ दिनमा गाजामा रहेका हमासको इलाकामा यी बमहरू खसालिएको जनाएको छ ।
इजरायली वायुसेनाले गाजामा हालसम्म ३ हजार ६ सय ठेगानामा आक्रमण गरेको जनाएको छ ।
अर्कोतर्फ प्यालेस्टाइनी अधिकारीहरूले इजरायलको बमबारीमा हालसम्म १ हजार ५ सय ३७ जनाको ज्यान गएको जनाएका छन्, जसमा ५ सय बालबालिका र २ सय ७६ जना महिला रहेका छन् ।
योसँगै हमासको आक्रमणमा हालसम्म १ हजार ३ सय इजरायली मारिएका छन् । हमासले करिब १ सय ५० इजरायलीलाई बन्धक बनाएको बताइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

