इजरायलले भन्यो -गाजामा ६ हजार बम खसाल्यौँ

काठमाडाैं | असोज २६, २०८०

इजरायलले भन्यो -गाजामा ६ हजार बम खसाल्यौँ Mohammed Abed/AFP/Getty Images

एजेन्सी​:   इजरायलले गाजामा हालसम्म ६ हजार बम खसालेको जनाएको छ, जसको कुल वजन चार हजार टन रहेको छ ।

 

इजरायलले विगत छ दिनमा गाजामा रहेका हमासको इलाकामा यी बमहरू खसालिएको जनाएको छ ।

 

इजरायली वायुसेनाले गाजामा हालसम्म ३ हजार ६ सय ठेगानामा आक्रमण गरेको जनाएको छ ।

 

अर्कोतर्फ प्यालेस्टाइनी अधिकारीहरूले इजरायलको बमबारीमा हालसम्म १ हजार ५ सय ३७ जनाको ज्यान गएको जनाएका छन्, जसमा ५ सय बालबालिका र २ सय ७६ जना महिला रहेका छन् ।

 

 

योसँगै हमासको आक्रमणमा हालसम्म १ हजार ३ सय इजरायली मारिएका छन् । हमासले करिब १ सय ५० इजरायलीलाई बन्धक बनाएको बताइएको छ ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्