कास्की क्रिकेट क्लब र अरण्यज्योती विजयी

पाेखरा | असोज २१, २०८०

कास्की क्रिकेट क्लब र अरण्यज्योती विजयी

पोखरा:    पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगर स्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लब र अरण्यज्योती क्रिकेट क्लब विजयी भएका छन् ।


पहिलो खेलमा कास्कीले राइजिङ्ग क्रिकेट क्लबलाई ७ विकेटले पराजित ग¥यो । टस जितेर व्याटिङ्ग गरेको राइजिङ्गले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङ्गका अनिल गुरुङ्गले १८ रन जोेडे । कास्की क्रिकेटका बलरहरु नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए । ४७ रनको लक्ष्य कास्कीले १३.२ ओभरमै भेट्यायो । कास्कीका विष्णु शर्माले १९ तथा शाहिल कुँवरले १३ रन बनाए । बलिङतर्फ ३ विकेट लिएका कास्कीका आदित्य थापा म्यान अफ द म्याच भए । उनलाई आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पुरस्कृत गरे ।  


अर्को खेलमा अरण्यज्योतीले पोखरा क्रिकेट क्लबलाई २ विकेटले पराजित ग¥यो । पहिला ब्याटिङ्ग गरेको पिसिसीले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । पिसिसीको तर्पmबाट मुस्कान थापाले ६० तथा अर्जुन बुढाथोकीले ३५ रन बनाए । अरण्यज्योतीका बलरहरु इर्साद आलमले ३ तथा सन्तोष सर्माले २ विकेट लिए । अरण्यज्योतीले १७.३ओभरमा ८ विकेट गुमाएर जित हाँसिल ग¥यो । अरण्यज्योतीको व्याटिङ्गमा म्यान अफ द म्याच अषेश न्यौपानेले ५१, दिवस गिरीले २२ तथा सन्तोष सर्माले १७ रन जोडे । पिसिसीका विजय रावतले ह्याट्रिक सहित ३ विकेट लिए । प्रमोद बास्तोलाले २ विकेट लिएका थिए ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्