विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

चितवन | असार ७, २०७९

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा


चितवन :      चितवनको  इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई  निःशुल्क  स्वास्थ्य बीमा गरिदिने भएको छ ।  गरिबीका कारण गाउँपालिकाका नागरिकहरु  स्वास्थ्य बीमाबाट वञ्चित  भएकाले कुनै पनि नागरिक  स्वास्थ्य  बीमाबाट नछुटोस् भन्ने  उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।  

 

आर्थिक अभावका कारणले नै यहाँका  नागरिक नेपाल  सरकारले  लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको  गाउँपालिका अध्यक्ष  दानबहादुर गुरुङले बताउनुभयो । स्वास्थ्य बीमा नहुँदा यहाँका नागरिकले  बिरामी हुँदा उपचारसमेत गराउन नसकेको उहाँको भनाइ  थियो । अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँका कतिपय नागरिक स्वास्थ्य बीमा पनि गर्न सक्ने अवस्थामा  छैनन्, बिरामी हुँदा अस्पतालसम्म जान सवारी भाडासमेत हुँदैन, अस्पतालमा  भर्ना भएपछि डिस्चार्ज गर्ने रकम नहुँदा समस्यामा पर्ने  गरेका  छन् ।”  

 

अस्पतालमा   उपचार खर्च तिर्न नसक्दा धेरै पटक आफूले जिम्मेवारी लिएर डिस्चार्ज गरेको उहाँको  भनाइ छ । स्वास्थ्य बीमा नहुँदा  उपचारका  लागि चन्दा उठाउनुपर्ने बाध्यतासमेत  रहेको भन्दै अध्यक्ष गुरुङले विपन्न परिवारको पहिचान गरी निःशुल्क  स्वास्थ्य बीमा  गर्ने गाउँपालिकाले निर्णय गरेको  बताउनुभयो ।

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्