विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

चितवन | असार ७, २०७९

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा


चितवन :      चितवनको  इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई  निःशुल्क  स्वास्थ्य बीमा गरिदिने भएको छ ।  गरिबीका कारण गाउँपालिकाका नागरिकहरु  स्वास्थ्य बीमाबाट वञ्चित  भएकाले कुनै पनि नागरिक  स्वास्थ्य  बीमाबाट नछुटोस् भन्ने  उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।  

 

आर्थिक अभावका कारणले नै यहाँका  नागरिक नेपाल  सरकारले  लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको  गाउँपालिका अध्यक्ष  दानबहादुर गुरुङले बताउनुभयो । स्वास्थ्य बीमा नहुँदा यहाँका नागरिकले  बिरामी हुँदा उपचारसमेत गराउन नसकेको उहाँको भनाइ  थियो । अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँका कतिपय नागरिक स्वास्थ्य बीमा पनि गर्न सक्ने अवस्थामा  छैनन्, बिरामी हुँदा अस्पतालसम्म जान सवारी भाडासमेत हुँदैन, अस्पतालमा  भर्ना भएपछि डिस्चार्ज गर्ने रकम नहुँदा समस्यामा पर्ने  गरेका  छन् ।”  

 

अस्पतालमा   उपचार खर्च तिर्न नसक्दा धेरै पटक आफूले जिम्मेवारी लिएर डिस्चार्ज गरेको उहाँको  भनाइ छ । स्वास्थ्य बीमा नहुँदा  उपचारका  लागि चन्दा उठाउनुपर्ने बाध्यतासमेत  रहेको भन्दै अध्यक्ष गुरुङले विपन्न परिवारको पहिचान गरी निःशुल्क  स्वास्थ्य बीमा  गर्ने गाउँपालिकाले निर्णय गरेको  बताउनुभयो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्