वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे

विरगञ्ज | असोज १२, २०८०

वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे

पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् ।

 

आज शुक्रवार बिहान सुधार गृहको छतबाट हाम फालेर दुई जना भागेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुमार विक्रम थापाले जानकारी दिनुभयो । फरार भएकाहरू कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएका बाल कैदीबन्दी रहेका उहाँले बताउनुभयो ।

 

यसअघि भक्तपुरमा रहेको बाल सुधार गृहमा झडप भएपछि केहीलाई पर्सा लगिएको थियो । भक्तपुरका कैदीबन्दीलाई लगेपछि वीरगञ्जको सुधार गृहमा पनि झडप भएको थियो । वीरगञ्जको सुधार गृहमा झडप हुँदा दुई जना प्रहरीसहित १४ जना घाइते भएका थिए । वीरगञ्जको सुधार गृहमा एक सय २६ जना राखिएका छन् ।

 

बाल गृहमा कारागार चलान गर्नुपर्ने फैसला भएका १८ वर्षमुनिका व्यक्तिलाई राख्ने व्यवस्था छ । तर बाल सुधार गृहमा लगिसकेपछि १८ वर्ष पूरा हुँदा पनि अन्यत्र लैजाने कानुन नहुँदा २५–२६ वर्षका व्यक्तिसमेत बाल सुधार गृहमा भेटिएका छन् ।

 

मानव अधिकारकर्मीहरूको टोलीले बाल सुधार गृहमा अनुगमन गर्दा बाल सुधार गृह यातना गृहजस्तो हुनु, सुधार गृहमा हुनुपर्ने आधारभूत सुविधा नहुनु, क्षमताभन्दा बढी कैदीबन्दी राख्नु, १८ वर्ष पूरा भइसकेका पनि सुधार गृहमै रहने लगायतका कारणले समस्या सिर्जना भएको निष्कर्ष निकालेको छ । गएको भदौदेखि देशका विभिन्न बाल सुधार गृहमा समस्या आइरहेको छ ।

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्