परदेशी–२ दशैंको छेको पारेर प्रदर्शन हुने, बागलुङमा भाेलि पहिलो प्रिमियर शाे

पाेखरा | असोज ११, २०८०

परदेशी–२ दशैंको छेको पारेर प्रदर्शन हुने, बागलुङमा भाेलि पहिलो प्रिमियर शाे

पोखरा:  वरिष्ठ लोक तथा दोहोरी गायक नारायण रायमाझी निर्देशित परदेशी–२ प्रमोसनका लागि देशदौडाहामा छ ।

 

चितवन –नेपालगञ्ज–बुटवल हुँदै पोखरा आइपुगेको परदेशी–२ को निर्माण टोलीले दशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शन हुने जानकारी दिएको छ । 

 

निर्देशक रायमाझीले प्रकाश सपुतको गृह जिल्लामा भोलि (शुक्रबार) पहिलो प्रिमियर शो हुने बताए । 

 

उनले उच्च शिक्षाका लागि विदेशीने क्रम बढ्दो कथालाई चलचित्रको मुख्य भागमा राखिएको बताए । फिल्ममा कक्षा ११/१२ उत्तिर्ण गरेपछि देश छोड्ने परिपाटी बढ्दो छ’, उनले भने, ‘उच्च शिक्षाका लागि विद्यार्थीहरु किन विदेश जान्छन् भन्ने विषय फिल्ममा देखाउन खोजिएको छ ।’

 

लोकप्रिय गायक प्रकाश सपुत परदेशी–२ बाट फिल्मीमा डेब्यु गरेका हुन् । उनले हिरो भन्ने सपना पुरा भएपनि आगामी दिनमा चलचित्रलाई नै मुख्य पेशा बनाउने सोच नरहेको तर्क राखे । 

 

‘परदेशी–२ मा म नै नायक हुन्छु भन्ने लागेको थिएन, हिरो बन्ने सपना आफ्नै म्युजिक भिडियोमा बोलेको थिए’, सपुतले भने, ‘रायमाझी सरले एक्कासी फोन गर्नुभयो, मैले सोचे कुनै गीत अथवा रोल होला भनेको तर प्रमुख पात्र नै भनेर सोचेको थिएन ।’

 

उनले फिल्ममा गाउँदेखि शहरसम्मको कथा समिटिएको बताए ।‘गाउँ हे¥यो गाउँ खाली छ, शहर आयो शहर खाली छ, हेर्दा हेर्दै देशबाट नै युवाहरु खाली हुँदै छन्’, उनले भने, ‘गाउँदेखि शहर, शहरदेखि देशको कथा परदेशी–२ ले समेटेको छ ।’
 

आफुमा हिरो बन्ने हुटहुटी भएका कारण नै चलचित्रमा आएको सपुतको भनाई छ ।‘हिरो बन्ने सपनासहित हुटहुटीमा मनैमा राखेको थिए, जुन आज आएर पूरा भएको छ’, उनले भने, ‘सपना र हुटहुटी भएकै कारण ठुलो पर्दामा देखिदै छु ।’

 

परदेशी–२ की नायिका केकी अधिकारीले विविध कारणले परदेशीका नेपालीहरुको कथा फिल्ममा प्रस्तुत हुने बताईन् । यो उनको ३३ औं चलचित्र हो ।

 

‘यो फिल्मीसँगै  मैले ३३ औं फिल्मीमा अभिनय पूरा गरे, सबैमा आफ्नो बेस्ट दिएकी छु’, नायिका अधिकारीले भनिन्, ‘विविध कारणले परदेशीका नेपालीहरुको कथा फिल्ममा देखाउन खोजिएको छ, बाँकी चलचित्र नै हेर्न अनुरोध छ ।’


 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्