नारायणी नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता

चितवन | असोज ११, २०८०

नारायणी नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता सांकेतिक तस्बिर

चितवनमा नारायणी नदीमा नुहाने क्रममा आज बिहान दुई जना युवक बेपत्ता भएका छन् । 

 

बेपत्ता हुनेमा भारत आसाम घर भइ धनगढीमा रहेको लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत  १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १७ वर्षीय पंकज दाहाल रहेका छन् । 

 

धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा उनीहरु देवघाट आएका थिए । बेपत्ता भएका दुवै युवकको खोजी भइरहेको चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्