तुलसीपुर बसपार्कमा गाडी धनीमाथि मध्यरातमा खुकुरी प्रहार
काठमाडाैं | असोज ५, २०८०

दाङको तुलसीपुर बसपार्कमा मध्यरातमा एक जना गाडी धनीमाथि खुकुरी प्रहार भएको छ।
तुलसीपुर उपमहानगरपालिका– १३ बखरियाका ३४ वर्षीय रणदेव बस्नेतमाथि तुलसीपुर–५ बसपार्कमा खुकुरी प्रहार भएको हो। बस्नेत गाडी साहु हुन्। खुकुरी प्रहारबाट उनको हातको नाडीमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले बताए।
नाडीको नसा पनि काटिएको हुँदा घाइतेलाई राति नै थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी पोखरेलले जानकारी दिए। बस्नेतमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले घटनाको केहीबेरमै तुलसीपुर–१० राइखलियानका २८ वर्षीय राममणि चौधरीलाई नियन्त्रणमा लिएको थियो।
चौधरीले नै बस्नेतमाथि बसपार्कस्थित हिमालयन होटल नजिकै खुकुरी प्रहार गरेको बसपार्क प्रहरी इञ्चार्ज प्रहरी प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यले जानकारी दिए। घटनामा संलग्नमध्ये तुलसीपुर– ६ सुकौरा रोड बस्ने २७ वर्षीय नवीन परियारलाई शुक्रबार बिहान ११ बजेपछि घोराही उपमहानगरपालिका – १० नारायणपुरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक आचार्यले बताए।
घटना हुँदा नेपालीले मोटरसाइकल चलाएका थिए भने सोही मोटरसाइकलसहित उनी राति नै फरार भएको प्रहरीले बताएको छ।
बसपार्क इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक आचार्यका अनुसार खुकुरी प्रहार गर्ने चौधरी र गाडी धनी बस्नेतका बीचमा पहिले पनि चिनजान थियो। घटना हुनुभन्दा पहिले उनीहरूका बीचमा तुलसीपुरको पातुखोलास्थित अटोभिलेज क्षेत्रमा सामान्य भनाभन भएको थियो। जतिखेर दुवैले मदिरा सेवन गरेका थिए।
त्यसपछि गाडी साहु त्यहाँबाट बसपार्क आएका थिए। उनी होटल अगाडि बसिरहेको समयमा चौधरी मोटरसाइकलमा आएर ुपख तँलाईु भन्दै निस्किएका थिए। त्यसको केहीबेरपछि उनीहरू फेरि त्यहीँ आएर एकाएक खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनाविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ। तर, अहिलेसम्म पीडित पक्षबाट लिखित जाहेरी नआएको डिएसपी पोखरेलले बताए।
पोखरा: अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...
म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ। कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अ...