जब दर्शक दिर्घामा सुनियो –टर्कीले तर्साउने रैछ

रुकुम कपदेखि नेपाल पुलिस क्लबसम्मको यात्रा

पाेखरा | असोज ४, २०८०

जब दर्शक दिर्घामा सुनियो –टर्कीले तर्साउने रैछ

पोखरा:  विभागीय पुलिस क्लब र घरेलु टोली गण्डकीबीच लामाचौर कपमा उपाधिका लागि घम्साघम्सी हुदै थियो ।

 

अधिकांश प्रशंसक गण्डकीको पक्षमा देखिएपनि केही भने नेपाल पुलिस क्लबलाई हौसाउँदै थिए । ‘उमेरले कलिलै भए पनि जिम्मेवारी ठुलो छ । सबैले टर्की–टर्की भन्नेरैछन् । स्पाइक पनि तर्सिने गरी नै हान्ने रैछ, ‘दर्शक दिर्घामा आवाज सुनियो, ‘केटोलाई राष्ट्रिय टिममा देख्न पाइयोस् ।’

 

अग्लो, पातलो र निकै छरिताे ज्यान, उनको स्पाइकको प्रशंसा सायदै कम हुन्छ । त्यसैले पनि उनीमाथि प्राय दर्शकको नजर थियो ।

 

यद्यपी अघिल्लो खेलमा जस्तो आफ्नो कौशल भने देखाउन सकेनन् । उनी रुकुम पश्चिमको सानीभेरी ३ का १८ वर्षीय पहल गहतराज हुन् । मैदानका पहल भएपनि प्रशंसकका भने ‘टर्की’ हुन् ।

 

सुर्खेतको खेलमा आफुभन्दा अग्ला खेलाडी थिए। 'उनलाइ टर्की भनिने रहेछ । पछि मलाइ सेकेन्ड टर्की भन्दा भन्दै प्रशंसकबाट मायालु उपनाम टर्की पाए,' उनी सुनाउँछन् ।

 

 

नेपाल पुलिस क्लबका मुख्य ४ खेलाडी एसियन गेम्सका लागि चीन गएपछि पहलले स्क्वाडमा स्थान पाएका हुन् । 

 

काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड र किङ्स कपबाट चर्चामा आएका गहतराज ‘टर्की’ ले पोखरामा सम्पन्न लामाचौर कपको उपाधि नजितेपनि दर्शकको काफि मन जिते । 

 

नेपाल पुलिस क्लबबाट सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेका गहतराजलाई नेपाली भलिबलको उदीयमान खेलाडीको रुपमा हेरिएको छ । 

 

रुकुम कपदेखि नेपाल पुलिस क्लबसम्मको यात्रा

 

उमेरले बल्ल १८ पुगेका पहल गहतराज ‘टर्की’ छोटो समयमा नै भलिबलमा चर्चामा आएका छन् । 

 

स्थानीय क्लब र विद्यालयबाट भलिबलको विभिन्न प्रतियोगिता खेलिरहने पहलले पोखरामा सम्पन्न भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट खेलेका थिए । केही महिना अगाडि काठमाडौंमा नै सम्पन्न भएको राष्ट्रपति कपमा कर्णाली प्रदेशलाई भलिबलको उपाधि दिलाउन उनै पहलको प्रदर्शन महत्वपूर्ण रहेको थियो । 

 

रुकुम पश्चिमको गहतराज नेपाल पुलिसमा आवद्ध हुनुपछाडि रेफ्री गोपाल गुरुङको हात रहेको उनले बताए । 

 

केही महिना अगाडिरुकुम कपमा खेल सञ्चालन गर्न गएका रेफ्री गोपाल गुरुङको सल्लाहपछि नेपाल पुलिसमा स्थान बनाएका हुन् । यद्यपी उनीमाथि नेपाल पुलिस क्लबको नजर परिरहेको थियो । 

 

पहल क्लबमा आवद्ध भएको भर्खर २ महिना मात्रै भएको छ । २ महिनामा उनले २ वटा प्रतियोगिता खेलिसकेका छन् ।
‘पुलिस क्लबमा आको बल्ल २ महिना भयो । अहिलेसम्म क्लबबाट जम्मा २  वटा गेम खेलेको छु । यहाँ खेल्नु र सिभिलमा खेल्नु धेरै फरक हुनेरहेछ,’ सुनगाभा न्यूजसँग भने ।

 

उनले गाउँ, जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको क्लबमा स्थान पाएकाले सपनाको नजिक रहेको बताए । ‘खेलाडीको सपना भनेकै देशको जर्सी पहिरिने नै हुन्छ नी । मेरो पनि त्यही छ, उनले भने, ‘मेहनत गर्दैछु । अहिले उमेर पुगेको छैन । उमेर पुगेपछि भर्ती लाग्ने हो । त्यसपछि बल्ल बाँच्न सक्ने स्थिति पनि बन्छ । गेमको स्किल पनि बढ्दै जान्छ ।’

 

उनले आफ्नो खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिने बताए । ‘दाईदिदीबाट भलिबल खेल्न कुनै रोकतोक थिएन । परिवारको साथ सहयोग पाए’, उनले भने, ‘कक्षा १२ पास गरिसकेको छु । पढाईलाई र खेललाई सँगै लाने योजना छ ।’

 

उनले आफु नेपाल पुलिस क्लबबाट खेल्न पाउनु पछाडी राष्ट्रिय खेलाडीका सदस्य भइसकेका रविन चन्द, विशाल विक लगायत पुलिस क्लबको सदस्यहरुको सहयोग रहेको सुनाए । ‘नेपाल पुलिस क्लबबाट खेल्ने सबै खेलाडी तथा दाइहरुको साथ सहयोग पाएको छु’, उनले भने, ‘स्थानीय क्लबबाट खेल्दा र विभागबाट खेल्दा धेरै नै फरक हुने रहेछ ।’

पोखरा:      पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० म...

थप पढ्नुहोस्

काठमाडौं:   सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।   सभामुख...

थप पढ्नुहोस्

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ ।  यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेल...

थप पढ्नुहोस्