सरकार र चिकित्सक सङ्घबीच वार्ता जारी
काठमाडाैं | भदौ ३१, २०८०
तस्बिर फाइल
काठमाडौं: चिकित्सकमाथि कुटपिटको विषयमा सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भइरहेको छ ।
सरकारका तर्फबाट अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटासहित पाँच सदस्यीय टोली र संघका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको संघका महासचिव डा। सञ्जीव तिवारीले जानकारी दिए ।
संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भएको चिकित्सकमाथिको आक्रमणविरुद्ध दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गराएको छ ।
यही भदौ २७ गते सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न आजै निर्देशन दिएका थिए।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

