वैकल्पिक माध्यमबाट बेँसीशहर–चामे सडक सञ्चालन
काठमाडाैं | असार ६, २०७९

काठमाण्डौँ : शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले आइतबार बिहानदेखि अवरुद्ध बेँसीशहर चामे सडक सञ्चालन भएको छ । बेँसीशहर नगरपालिका–६ खरखरेमा अवरुद्ध बनाएपछि वैकल्पिक सडक बेँसीशहर बाझाखेत खुदी सडकको प्रयोग गरी आज बिहान ११ बजेतिर सवारी आवतजावत भइरहेको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खरखरेमा गएको ठूला पहिराका कारण सो स्थानमा तत्काल सडक खुलाउन सम्भव नभएपछि वैकल्पिक बाटोबाट सवारी साधन सञ्चालन गर्न लगाएका छौँ । ” वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको एस्काभेटरले मिलाउँदै सवारी सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
यसखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाको खुदी, भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भए पनि खरखरेबाहेक अन्य स्थानको अवरोध भने हटिसकेको छ । आइतबार बिहानदेखि रोकिएका यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् । हाल वैकल्पिक बाटो प्रयोग गरेर सञ्चालन भए तापनि अविरल वर्षा भइरहेमा बेँसीशहर चामे सडकको विभिन्न स्थानमासमेत अवरुद्ध हुनसक्ने सम्भावना रहेको छ ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...