लामाचौर कपमा गण्डकीको विजयी सुरुवात
पाेखरा | भदौ २९, २०८०

पोखरा: पोखरा महानगरपालिका १९ लामाचौरमा आजदेखि सुरु भएको १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।
नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको २५ औं संस्करणको तीज महोत्सव एमव् १० औं लामाचौर कपमा गण्डकी प्रदेशले गल्कोट स्पोर्टस क्लब बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
गण्डकीले पहिलो र दोस्रो सेट २५-२१ र २६-२४ ले जितेपनि तेस्रो सेट २४-२६ले गुमाएको थियो भने, चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्द २५-१९ ले जितेको थियो ।
प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको पाँच खेल हुने आयोजकले जनाएको छ । अहिले मणिमुकुन्द भलिबल क्लब बुटवल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए ।
उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ ।
पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता रहेको छ ।
यस्तै महिला भलिबलतर्फ सशस्त्र प्रहरी बलको एफिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता रहेको छ । महिलातर्फको खेल भोलि (भदौ ३०)देखि सञ्चालन हुने आयोजकले जनाएको छ ।
‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महा...
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...
तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...