सुन तस्करी काण्डमा संलग्न ३२ जना पक्राउ, अझै १८ फरार
काठमाडाैं | भदौ २८, २०८०
सुनको नापतौल गर्दै
काठमाडौं: ब्रेकशुमा लुकाएर अवैध सुन तस्करी गर्ने संगठित अपराधमा संलग्न आरोपमा हाल सम्म ३२ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार अनुसन्धानको नेपाली तथा विदेशी नागरिक गरी कुल ३२ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुनको कारोबारमा संलग्न ११ जना, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक/कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना र कम्पनी खडा गर्ने मालसामान व्यवस्थापन गर्ने २ जना गरी जम्मा ३२ जना छन् भने १८ जना फरार रहेका छन् ।
रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकशुहरुमा लुकाएर तस्करी गरिएको सुनको तौल ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरेको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट ३०२.०६२ किलो थियो । उक्त सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रूपैयाँ बराबरको सुन तस्करी भएको पुष्टि हुन आएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
सुन तस्करको लागि ७ वटा कम्पनी खडा गरिएको, २ ठाउँमा सुन गाल्ने गरिएको, ब्रेकप्याड, सेभर, स्मार्ट वाच एवम् विभिन्न प्रकारका विद्युतिय उपकरणहरूमा सुन आयत गरी ल्याइएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेकप्याड १ सय ६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

