भारत एसिया कपको फाइनलमा

काठमाडाैं | भदौ २७, २०८०

भारत एसिया कपको फाइनलमा तस्बिर फाइल

काठमाडौं:   भारत एसिया कपको फाइनलमा प्रवेश गरेको छ । भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले एक खेल अगावै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । 


जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेलालागेले ४६ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहेपनि जिताउन सकेनन् । दुनिथले बलिङमा पाँच विकेट समेत लिएका थिए ।


धनन्जय डि सिल्भाले ६६ बलमा ५ चौकासहित ४१ रनमा आउट भए । भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले उत्कृष्ट सुरुवात दिलाएका थिए । बुमराहले तेस्रो ओभरको पहिलो बलमै ओपनर पाथुम निसांकालाई विकेटकिपर लोकेश राहुलबाट ६ रनमा क्याच गराए । बुमराहकै बलमा कुशल मेन्डिस १५ रनमा वैकल्पिक फिल्डर सूर्यकुमार यादवबाट क्याच आउट भए ।


मोहम्मद शिराजले ओपनर दिमुथ करुणारत्नेलाई फस्ट सिलिपमा शुभमन गिलबाट २ रनमा क्याच गराएपछि श्रीलंका ७.१ ओभरमा २५-३ को अवस्थामा पुगेको थियो । सदिरा समाराविक्रमा ३१ बलमा १ चौकासहित १७ रनमा राहुलबाट स्टम्पिङ आउट भए । कुलदीप यादवको बलमा ठूलो सट खेल्ने धुनमा उनी मिस भएपछि आउट हुन पुगेका थिए ।


चरिथ असलंका ३५ बलमा २ चाकासहित २२ रनमा कुलदीपकै बलमा आउट भए । रविन्द्र जडेजाले कप्तान दासुन शानकालाई फस्ट स्लिपमा रोहित शर्माबाट ९ रनमा क्याच गराएपछि श्रीलंका २५।१ ओभरमा ९९(६ को अवस्थामा पुगेको थियो ।


सातौं विकेटका लागि धनन्जय डि सिल्भा र दुनीथले ७५ बलमा ६३ रनको साझेदारी गरेका थिए । रविन्द्र जडेजाको बलमा डि सिल्भा मिडअनमा गिलबाट क्याच आउट भए । सिल्भाको विकेटसँगै जितको सम्भावना लगभग समाप्त भएको थियो ।


भारतका कुलदीप यादवले ९.३ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । रविन्द्र जडेजाले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले दुई, हार्दिक पान्ड्या र मोहम्मद शिराजले एक एक विकेट लिए ।


त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४९.१ ओभरमा २ सय १३ रनमा अल आउट भएको थियो । भारतका कप्तान रोहित शर्माले ४८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए ।


भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर श्रीलंकाको स्पिन आक्रामण सामु भारतीय ब्याटिङ चल्न सकेन । युवा स्पिनर दुनिथ वेलालागे र पार्टटाइम स्पिनर चरिथ असलंकाले सानदार बलिङ गर्दै मध्यम योगफलमै रोकेका थिए ।


दुनीथले आफ्नो पहिलो बलमै शुभमन गिललाई १९ रनमा बोल्ड गर्दै भारतको साझेदारीमा ब्रेक लगाएका थिए । भारतका शीर्ष चार ब्याटरलाई आउट गर्दै दुनीथले श्रीलंकालाई खेलमा हाबी बनाएका थिए ।


दुनिथले १४ औं ओभरको पाँचौं बलमा विराट कोहलीलाई ३ रनमा दासुन शानकाबाट क्याच आउट गराए । १६ औं ओभरको पहिलो बलमा उनले रोहित शर्मालाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । लोकेश राहुललाई दुनीथले ३९ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए ।


उनले ३६ औं ओभरको अन्तिम बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर कुशल मेन्डिसबाट पाँच रनमा क्याच आउट गराउँदै पाँच विकेट पूरा गरे । अम्पायरले आउट नदिएपनि श्रीलंकाले रिभ्यु लिँदै हार्दिकलाई पेभेलिएन फर्काएको थियो ।


अर्को एन्डबाट असंलकाले उत्कृष्ट बलिङ गरे । असंलकाको ३५ औं ओभरको दोस्रो बलमा ईशान किशन ३३ रनमा क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । ईशानले ६१ बलमा १ चौका र १ छक्का प्रहार गरे । दुनीथले एक्स्ट्रा कभरमा सानदार क्याच लिएका थिए । असलंकाले रविन्द्र जडेजालाई ४ रनमै क्याच आउट गराए ।


असंलाकाले जस्प्रित बुमराहलाई ५ रनमा बोल्ड आउट गरे । बुमराहलाई आउट गरेको अर्को बलमा कुलदीप यादव स्लिपमा शून्यमा क्याच आउट भए ।


श्रीलंकाका २० वर्षीय युवा स्पिनर दुनीथ वेलालागेले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए । चरिथ असलंकाले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका छन् ।


यी दुबै स्पिनरको करिअरको उत्कृष्ट प्रदर्शन हो । अर्का स्पिनर धनन्जय डि सिल्भाले विकेट लिन नसकेपनि १० ओभरमा मात्रै २८ रन खर्चेर दबाबमा राखेका थिए । स्पिनर महेश थिक्सेनाले ९.१ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।


सुपर सिक्स खेलमा भारतले पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनले रहाएको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । बंगलादेश सुरुवाती दुई हारका साथ फाइनल दौडबाट बाहिरिएको छ । बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ । श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।   नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहर...

थप पढ्नुहोस्

प्रकाश सिलवाल:    महात्मागान्धीले कुनैबेला भनेका थिए, “लोकतन्त्रलाई प्रभावकारी बनाउन वास्तवमा तथ्यको ज्ञान होइन, सही शिक्षा चाहिन्छ ।” पक्कै पनि लोकतन्त्रलाई बलियो बनाउने अजेय शक्ति नाग...

थप पढ्नुहोस्

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभएको छ ।   नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा...

थप पढ्नुहोस्