समीक्षा अधिकारीले ४ पेजविरुद्ध कास्कीमा दिएको उजुरी साइबर ब्यूरो पुग्यो
पाेखरा | भदौ २६, २०८०
पाेखरा: अष्ट्रेलियाले आफुलाई ‘कालो सूचीमा राखेको’ भन्ने भ्रामक खबर फैलाएको भन्दै कास्की निवासी गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको उजुरी साइबर ब्यूरो काठमाण्डौंमा पठाइएको छ ।
गायिका अधिकारीले भदौ १० गते जिप्रका कास्कीमा उक्त भ्रामक खबर फैलाउने ४ फेसबुक पेजविरुद्ध भ्रामक खबर फैलाएको र आफुलाई मानसिक यातना दिएकाले कानूनी कारवाही र पेज आइडी बन्द गरिपाउँ भनि निवेदन दिएकी थिइन् ।
नेपाल प्रहरीले साइबर ब्यूरोसम्बन्धित उजुरी जिल्लामै दर्ता गर्न सकिने व्यवस्था गरेपछि कास्कीको माछापुच्छ्रे निवासी अधिकारीले यहाँ निवेदन दिएकी थिइन् ।
निवेदन प्राप्त भएपछि प्रक्रियामा लैजान र आवश्यक अनुसन्धान गर्न भोटाहिटीस्थित साइबर ब्यूरो पठाइएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जनाएका छन् । यसबाहेक कास्कीमा साइबर ब्यूरोसम्बन्धित अन्य निवेदन नआएको प्रवक्ता विकले जनाए ।

पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्...
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

