भूमिअधिकार मञ्च कास्कीको अध्यक्षमा पुनः प्रेम गुरुङ
पाेखरा | भदौ २५, २०८०

पोखरा: आईबार पोखरामा सम्पन्न राष्ट्रिय भुमिअधिकार मञ्च नेपाल कास्की जिल्ला मञ्चको पाँचौ अधिवेशनले पुनः प्रेम बहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा बुद्धि पुन, सचिवमा कुमारी गुरुङ, सहसचिवमा विष्णु भट्टराई, कोषाध्यक्षमा लेखमाया थापा र सदस्यहरुमा गोमा तामाङ पराजुली, वेलमाया गुरुङ, शान्ति गुरुङ, हरिकुमारी गुरुङ, मुना श्रीस, याता माया तामाङ, लोक बहादुर पुन, मानबहादुर गुरुङ, मिन बहादुर विक, डिलबहादुर तामाङ, त्रिवेणी प्रसाद, गोविन्द नेपाली र लोक बहादुर सेन सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमको गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिले उद्घाटन गर्दै भुमि व्यवस्था मन्त्रालय भएतापनि प्रदेश मन्त्रालयमा भूमिको काम गर्न पाउने गरी कानुनी व्यवस्था नभएको वताए । साथै उनले भूमिहिन सुकुम्बासी, अव्यवस्थित वमोवासीहरुको समस्यालाई नजिकबाट हेरिरहको वताउँदै समाधानको लागि प्रदेश सरकारले जहजीकरण गर्ने वताए ।
सोही अवसरमा पत्रकारहरु अनुपप्रकाश पौडेल, कृष्ण रानाभाट र मधु अधिकार ितथा कास्की जिल्ला मञ्चका गतिविधिहरुमा सक्रियता पूर्वक सहभागि भई विभिन्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो । त्यसैगरी कास्की जिल्ला भित्र रहेका २० वटा टोल मञ्च र तथा पोखरा–९ का कृष्णटोल आमा समुह, शिव टोलविकास संस्था, पार्वती टोलविकास संस्था र शुभकामना टोलविकास संस्थाहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।
सो अवसरमा राष्ट्रिय भूमिअधिकार मञ्चका संरक्षक ल्यामबहादुर दर्जी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, नेकपा एमाले कास्कीका उपाध्यक्ष तेज नारायण अधिकारी, राष्ट्रिय भूमिअधिकार मञ्च नेपालका केन्द्रिय कोषाध्यक्ष सुनिता विश्वकर्मा, केन्द्रिय सदस्य तथा राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङ, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ, भूमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रिय सचिव लक्ष्मी प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्र कास्कीका प्रतिनिधि अर्जुन मल्ल, मञ्चका गण्डकी प्रदेश सचिव निर्मल नेपाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कास्की मञ्चकी सचिव कुमारी गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नन बहादुर श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । जिल्ला मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामबहादुर लामिछानेले र संचालन सचिव कुमारी गुरुङले गरेकी थिइन ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...