पोखरामा यू–२३ एमेच्युर फुटसल कप हुने
पाेखरा | भदौ २५, २०८०
पोखरा: पोखरामा असोजको तेस्रो साता पहिलो संस्करणको सिक्स ए साइड यू–२३ एमेच्युर फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतिभावान र उदीयमान खेलाडीलाई लक्षित गरी आगामी असोज २३ र २४ गते पोखरामा राजकुमार श्रेष्ठ (फुटबल रेफ्री) को नेतृत्वमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता समूहले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । यस्तै प्रतियोगिताबाट
सर्बाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित २ हजार र उत्कृष्त गोलरक्षकलाई ट्रफीसहित १५ सय रुपैयाँले पुरस्कृत गरिने छ ।
श्रेष्ठले नयाँ तथा प्रतिभावान खेलाडीलाई उत्पादनमा सघाउ पुर्याउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरेको बताए ।
उनका अनुसार हस्पिटलचोकस्थित पैयुम फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको छ ।
सो प्रतियोगितामा ए, बि, सी डिभिजन फुटबल र फुटसल लिग खेलेका यू–२३ खेलाडीहरुपनि सहभागिता जनाउन पाउने छैनन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

