मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
काठमाडाैं | भदौ २३, २०८०
काठमाडौं: भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
शुक्रबार राति सूर्य विनायक नगरपालिका(८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२–०२३ प २८५९ र प्रदेश नं ३–०२–००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो ।
दुर्घटनामा उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् । अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् ।
घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
मोटरसाइकल अनियन्त्रित भई ०३–००१ ख २४११ नम्बरको टेलर गाडीमा ठोक्किएको प्रहरीले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

